काठमाडौ, वैशाख ९ – न्याय परिषद्ले सर्वोच्चमा स्थायी न्यायाधीश नियुक्तिको लागि ८ जनाको नाम संसदीय सुनुवाईको लागि सिफारिस गरेको छ ।
आज बसेको परिषद्को वैठकले संसदीय सुनुवाईको लागि बैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्द उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शम्शेर जबरा, जगदीश शर्मा पौडेलको नाम सिफारिस गरेको हो ।
संविधानअनुसार मुद्दाको चाप हेरी १५ स्थायी र १० सम्म अस्थायी न्यायाधीशको दरबन्दी पाएको सर्वोच्चमा ३ वर्षदेखि स्थायी न्यायाधीश नियुक्ति भएको थिएन् । सर्वोच्चमा अहिले प्रधानन्यायाधीसहित ५ स्थायी न्यायाधीश मात्रै छन् ।
EKANTIPUR
प्रकाशित मिति: २०७१ वैशाख ९