उद्योग बाणिज्य महासंघका नब निर्बाचित केन्द्रिय सदस्यलाई अर्घाखाँची युबा परिसदद्धारा चुत्राबेसीमा सम्मान

– प्रेमनारायण आचार्य

 

चुत्राबेसी, अर्घाखाँची ९ बैसाख । उद्योग बाणिज्य महासंघका नब निर्बाचित केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठलाई अर्घाखाँची युबा परिसदले सन्धिखर्क चुत्राबेसीमा सम्मान गरेको छ । परिसदका सस्थापक सल्लाहाकार समेत रहेका श्रेष्ठलाइ आज परिसदको कार्यलयमा एक कार्यक्रमका बिच सम्मान गरिएको हो ।

 

 

 

सम्मान कार्यक्रममा बोल्दै महासंघका केन्द्रिय सदस्य श्रेष्ठले अर्घाखाँचीमा कृषि र पर्यटन ब्यबसायको बिस्तारको लागि आफुले पहल गर्ने बताउनु भयो । उहाले लुम्बिनीमा आएका आन्तरिक तथा बाह्य पर्यटकहरुलाइ जिल्लामा भित्रयाउनका लागि आफुले पहल गर्ने बताउदै जिल्लामा एयरपोर्ट बनाउन आफु कटिबद्ध भएर लाग्ने बताउनु भयो ।

 

जिल्लालाइ कृषि र पर्यटनको माध्यमबाट स्वदेस तथा बिदेसमा चिनाउने काममा आफु अग्रसर हुने उहाको भनाइ छ । कार्यक्रममा मन्तब्य राख्दै नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सोभाखर पन्थीले अर्घाखाँची जस्तो पहाडी जिल्लाबाट केन्द्रिय सदस्यमा निर्बाचित हुनु जिल्लाकै गर्बको बिषय रहेको बताउनु भयो ।

 

सम्मान कार्यक्रम अर्घाखाँची युबा परिसदका अध्यक्ष कृष्णप्रसाद भुसालको अध्यक्षता र सदस्य प्रकास भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु