वैशाख १० । अमेरिकी राष्ट्रपति बाराक ओबामा साताब्यापी एसिया भ्रमणको सिलसिलामा जापान पुगेका छन् । अप्रील २३ देखि २९ तारीखसम्मका लागि तय गरिएको एसिया भ्रमणका लागि ओबामा जापान प्रस्थान गरेका हुन् ।
उनले जापान लगायत दक्षिण कोरिया, मलेसिया र फिलिपिन्सको भ्रमण गर्नेछन् । ओबामाको एसिया भ्रमणको उद्देश्य एसियाली राष्ट्रहरुसंगका सम्बन्ध प्रगाढ बनाउन र एसियामा अमेरिकाको बलियो उपस्थिति जनाउने रहेको ह्वाइट हाउसले जनाएको छ ।
साथै ओबामाको एसियाली मुलुकको भ्रमणले अमेरिका र एसियाली राष्ट्रहरुबीचको आर्थिक रणनीतिलाई सशक्त बनाउने बिश्वास अमेरिकी अधिकारीहरुको रहेको छ ।
जापानमा रहँदा ओबामाले जापानी प्रधानमन्त्रीस् सिन्जो आबेले आयोजना गरेको रात्रीभोजमा सामेल हुने र दक्षिण कोरिया, मलेसिया र फिलिपिन्सका प्रधानमन्त्रीहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
AGENCIES