एक हप्ते रेडियो उद्घोषण तथा पत्रकारिता तालिम सन्धिखर्कमा सुरु

प्रेमनारायण आचार्य

 

सन्धिखर्क, अर्घाखाँची १० बैसाख । नँया एफ एम अर्घाखाँचीको आयोजनामा एक हप्ते रेडियो उद्घोषण तथा पत्रकारिता तालिम आज देखि सन्धिखर्कमा सुरु भएको छ ।


तालिमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले पत्रकारिता पेसा राष्ट्रको चौथो अंगको रुपमा रहेकाले पेसालाइ मर्यादित बनाएर अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो । उहाले समाजको ऐनाको रुपमा रहेको पत्रकारिता पेसाको आचार संहिता भित्र रहेर काम गरे समाज परिबर्तनमा पत्रकारीताको भुमिका अझ ससक्त हुने बताउनु भयो ।


उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले  पत्रकारीतालाइ ब्यबसायीक बनाउन सके मात्र पत्रकारको हित हुने बताउनु भयो । कार्यक्रममा राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख लिलाधर पौडेल, पत्रकार महासंघका  जिल्ला सचिब प्रेमनारायण आचार्य, अर्घाखाँची अन्तराष्ट्रिय मञ्चका अध्यक्ष राजु खड्का , लगायतले मन्तब्य राखेका थिए । 

३० जनाको सहभागिता रहेको तालिमको उद्घाटन समारोह रेडियोका स्टेसन म्यानेजर  हरिप्रसाद भुसालको अध्यक्षता, हिमबहादुर जिसीको सञ्चालन र माधब बेल्बासेको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु