एकिकृत माओवादी अर्घाखाँचीको अध्यक्षमा चन्द्रवहादुर खडका

अर्जुन भुसाल

 

सन्धिखर्क, अर्घाखाँची वैशाख १० । एकिकृत नेकपा माओवादी अर्घाखाँचीको तेस्रो जिल्ला सम्मेलनले चन्द्रवहादुर खडका उज्जवलको अध्यक्षतामा ३८ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ ।

 


 

सदरमुकाम सन्धिखर्कमा वैशाख ७, ८ र ९ गते भएको सम्मेलनले उपाध्यक्षमा कमल खनाल, वरिष्ठ सदस्यमा गोविन्द केसी, सचिवमा ठाकुर कुमार विक सहसचिवमा भक्तवहादुर पुन र कोषाध्यक्षमा छमकुमारी खनाल निर्वाचित भएको एमाओवादीले वुधवार सन्धिखर्कमा पत्रकार सम्मेलन गरि जानकारी दियो ।

 

कार्य समितिले १४ जनालाई पुन मनोनीत गर्ने बताएको छ । सम्मेलनले १८ जना राष्ट्रिय प्रतिनिधिको पनि चयन गरेको छ । जसमा अर्घाखाँची क्षेत्र नं. १ का सभाषद टोपवहादुर रायमाझी, राजु नेपाली, चन्द्रवहादुर खडका,कमल खनाल, यमुना भुसाल, गोविन्द केसी, ठाकुर कुमार विक, भक्तवहादुर पुन, छमकुमारी थापा, खुमानन्द घिमिरे, धर्मराज भुसाल, तोजवहादुर रायमाझी, जाकिर हुसैन, पदम क्षेत्री, युवराज भुसाल, राजेन्द्र भुसाल, विष्णु गैरे, र राजेन्द्र आचार्य रहेका छन् ।

 

सम्मेलनले जिल्लामा विकास निर्माणका दृष्टिले नजिक रहेका श्रोतहरुको पहिचान गरि ति श्रोतहरुलाई यथाशिघ्र सञ्चालन गर्न सम्वन्धित पक्षको ध्यानाआर्कषण गराउँदै १८ वुदे समसामयीक प्रस्ताव पनि पारित गरेको छ ।

अन्य समाचारहरु