वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । दोस्रो संविधानसभामा लुम्बिनी अञ्चलबाट एउटा सिट जितेको एमाओवादीले जिल्ला समितिमा युवाको वर्चश्वलाई समेटेपनि महिलाको संख्या न्युन रहेको छ । यहाँको क्षेत्र-१ बाट टोपबहादुर रायमाझी विजयी भएका थिए । तीन दिनसम्म सन्धिखर्कमा चलेको तेस्रो जिल्ला अधिवेशनले पाका उमेरका भन्दा बढी युवा समेटेपनि महिला कमै रहे । अधिवेशनले चन्द्रबहादुर खड्का (उज्ज्वल) अध्यक्षतामा ३८ सदस्यीय समिति निर्विरोध चयन गरेको छ । ३८ सदस्यीयमा महिला तीन जना, जनजाती दुई , दलित पाँच र मुस्लिम एक जना समेटिएका छन । जसमा ४० वर्ष मुनिका ३० जना छन ।
नेतृत्व देखी सदस्यसम्म धेरैजसो जनयुद्ध नै लडेका छन । ३८ सदस्यीय जिल्ला समिति र नेता रायमाझी, केन्द्रिय सल्लाहकार राजु नेपाली सहित १८ सदस्यीय राष्ट्रिय प्रतिनिधिमा श्रीमान-श्रीमती छनैन् । समितिको उपाध्यक्षमा कमल खनाल, सचिवमा ठाकुर कुमार विक, कोषाध्यक्षमा छमकुमारी खनाल र सह-सचिवमा भक्तबहादुर पुन रहेका छन । खड्का र खनाल केन्द्रीय सदस्य हुन । सबै पदमा सर्वसम्बत भएपनि उपाध्यक्षमा पुर्व जिल्ला संयोजक गोविन्द केसी र कमल दुवै आकांक्ष राखेकाले मिलाउन थप एक दिन लागेको थियो । केसीलाई जिल्लामा तेस्रो मर्यादाक्रममा राखिने गरि वरिष्ठ सदस्यमा राखिएको छ । जिल्ला सदस्यमा पत्रकार राधा नेपाली पनि चयन भईन । उनी पत्रकार महासंघको कार्यसमिति सदस्य हुन । जिल्ला बारका अध्यक्ष केवी भुसाल पनि सदस्यमा भयन भए । समिति निर्विरोध चयन भयो, पत्रकार सम्मेलनमा अध्यक्ष खड्काले भने, विवाद भएर असन्तुष्ट बनेको कोही छैनन् सर्वसम्बत ३८ सदस्य चयन भएको हो, यही समितिले १२ जना मनोतित गरी ५१ सदस्यीय जिल्ला समिति हुन्छ । समितिमा बाबुराम भटराई पक्षको वर्चश्व रहेको छ । यहाँ खेमा छुटाईएको छैन, सबै एकआपसमा मिलेका छौ, उनले भने, अर्घाखाँचीबाट एकताको सन्देश आगामी केन्द्रिय महाधिवेशनमा लैजाने हो, बाबुराम-प्रचण्ड भनेर खेमा छुटाईए पाटी रहदैन् र चल्दैन ।
पाटीमा योगदान दिएका वरिष्ठ महिला पनि भएकाले मनोनितमा महिला धेरै ल्याएर संख्या बढाईने सचिव विकले बताए । राष्टिय स्तरको नेता टोपबहादुर रायमाझी र जिल्लामा अध्यक्ष खड्का सर्वमान्य नेता भएकाले कुनै गुट-उपगुट देखिएको छैन । पत्रकार सम्मेलनमा १९ बुदे राष्टिय राजनीति छिटै संविधान निर्मँण गरिनुपर्ने र जिल्लाको विकास निर्माणको समसामयीक प्रस्ताव अगाडी ल्याएको छ । जसमा जिल्लाको नरपानी र खाँचीकोट उत्खननले पारेका नकारात्मक प्रभावलाई न्युनिकरण गर्न वैज्ञानिक कार्ययोजना बनाई निकास निकाल्नुपर्ने, चीन र भारतको सीमानासम्म जोडिने लुम्बिनी-सालझण्डी ढोरपाटन सडक निर्मँणको सदरमुकाममा भएको अवरोधलाई लाई उचित ढंगले टयाक खोलिनुपर्ने, सुपादेउराली मन्दिरमा उठेको भेटी पारदर्शी नभएकाले जिल्ला स्तरमा व्यवस्थापन समिति निर्माण गरी सञ्चालन गर्नुपर्ने सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै जिल्लामा भएको सार्वजनिक जग्गा अतिक्रमण छुटाईनुपर्ने, जिल्ला भित्र कृषि क्षेत्रको विकास गर्ने, सदरमुकाम र अन्य ठाउँका शहरी विकासलाई व्यवस्थित गर्नुपर्ने, द्धन्द्धपीडित बालवालिकालाई अध्ययनको लागि सहित स्मृती आवासीय विद्यालयको व्यवस्था गरिनुपर्ने, दक्षिणी क्षेत्रमा वनलाई संरक्षण गरी बस्तीलाई व्यवस्थित गरिनुपर्ने लगायतका कृषि, पर्यटन, उत्पादनमुलक, भौतिक पुर्वाधार लगायतका विकासको लागि जिल्ला स्थित सबै राजनीति दलस