ओबामाद्धारा जापान र चीनबीच विवादको केन्द्रमा रहेको पूर्वी चिनियाँ सामुद्रिक टापुका सम्बन्धमा जापानलाई अमेरिकी समर्थन

वैशाख ११ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले जापान र चीनबीच विवादको केन्द्रमा रहेको पूर्वी चिनियाँ सामुद्रिक टापुका सम्बन्धमा जापानलाई अमेरिकी समर्थन दोहोर्‍याएका छन् । जापानी प्रधानमन्त्री शिन्जो आबेसँग टोकियोमा भएको भेटवार्तापछि ओबामाले टापु विवादका विषयमा कुनै पनि उत्तेजनापूर्ण व्यवहार नगर्न चेतावनी दिंदै समस्या वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिए ।
तर, उनले जापानमाथि आक्रमण भए द्विपक्षीय रक्षा सम्झौता अनुरुप जवाफ दिने प्रतिबद्धता व्यक्त गरे । दुई नेताबीच व्यापार सम्झौता लगायत उत्तर कोरियाका विषयमा पनि छलफल भएको अधिकारीहरुले जनाएका छन् ।
उता, चिनियाँ विदेश मन्त्रालयले भने अमेरिकी अडानको विरोध गर्दै अमेरिका र जापानको गठबन्धनले चीनको भू