काठमाडौं, वैशाख १२ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई सही ढंगले अगाडि बढाउने नेतृत्वको आवश्यकता रहेको बताएका छन् । राजधानीमा आज भएको कार्यक्रममा नेता नेपालले एमाले आन्तरिक नेतृत्व व्यवस्थापनमा जुटेको बताए ।
व्यक्तिगत स्वार्थ, गुटबन्दी र संकीर्ण सोचाइले पार्टी चल्न नसक्ने भन्दै नेपालले समाज र राष्ट्रलाई केन्द्रमा राखेर गरेको राजनीतिले मात्र परिर्वतन सम्भव हुने बताए ।
नेता नेपालले दलहरुबीचको सहमति परिणाममुखी हुनुपर्नेमा समेत जोड दिए । IMAGEKHABAR