झण्डै तीन सय सरकारी कर्मचारीले डिभी, पीआर र ग्रीनकार्ड लिएको प्रारम्भिक अध्ययन, उन्मुक्ति नपाउने सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको प्रष्ट

काठमाडौं, वैशाख १२ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विभिन्न तहका झण्डै तीन सय सरकारी कर्मचारीले डिभी, पीआर र ग्रीनकार्ड लिएको प्रारम्भिक अध्ययनले देखाएको बताएका छन् । राजधानीमा आज गरिएको कार्यक्रममा मन्त्री पण्डितले त्यस्ता कर्मचारीलाई कारबाही गर्न सरकारले अन्तिम तयारी गरिरहेको दाबी पनि गरे ।
जुनसुकै शक्ति लगाए पनि त्यस्ता कर्मचारीले उन्मुक्ति नपाउने उनले प्रष्ट गरे ।
अर्को प्रसंगमा उनले नेकपा एमालेको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भन्दै महाधिवेशनपछिपार्टी संविधान लेखन र लोकतन्त्रलाई संस्थागत गर्नेतर्फ केन्द्रित हुने पनि बताए । 
– Imagekhabar