अर्घाखाँचीमा भूमिसुधार मन्त्रीको साक्षात्कार, भूमि सम्बन्धी नयाँ नीति र कानुन ल्याउने तयारी भैरहेको उल्लेख

वीरेन्द्र केसी



सन्धिखर्क, अर्घाखाँची ( २०७१ बैशाख १३ शनिवार) । भुमिभुधारमन्त्री दलबहादुर रानाले  नेपालका भूमि सम्बन्धी नयाँ नीति र कानुन ल्याउने तयारी भैरहेको बताएका छन । उनले सरकारको एक सय दिन पुगेको अवसरका कानुन घोषणा गर्ने दावी गरेका छन । 

 


 

भुमि संरक्षणको लागि कानुन बनाउदै छौ, नीति बनिसक्यो, मैले मन्त्री परिषद बैठकमा पेश गर्दैछु, ऐन संशोधन गरेर त्यसको आधारमा भूमि उपयोग कानुन बनाउछौं, रिपोर्सर्ट क्लव अर्घाखाँची शाखाद्धारा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री रानाले भने, नीति बनिसक्यो अब कानुन बन्दैछ । 



उनले सार्वजनिक जग्गा मिचेर बनेका दैशैभरका घरमा सरकारले डोजर लगाएर भत्काउने दावी गरे । सरकार ढल्ने वित्तिकै कार्यक्रम ढल्ने समस्याले देशभर भू-माफिया बढेदै गएको र जनता अघि मन्त्रालय पछि भएको बताए ।  उनले काठमाडौ उपत्याका बाहेक ७२ जिल्लामा सुकुम्बासी, भूमिहीन समस्या समाधान आयोग  घोषणा पनि गर्ने दावी गरे । सार्वजनिक जग्गाको लागत लिने र संरक्षण गर्ने मन्त्रालयको नीति रहेको दावी गर्दै सड्क र जग्गा अतिक्रमण गरेर बनेका घर र जग्गामा देशभर एकैसाथ डोजर लगाउने तयारी भैरहेको दावी गरे । 

 



 

साक्षात्कार कार्यक्रममा रामबहादुर रायमाझीले सन्धिखर्कमा व्यापक जग्गा मिचिएको छ तर बारम्बार आवाज उठाउदा प्रशासन मैन रहेको आरोप लगाए । जिल्लामा राजनीतिक दलको आडमा सन्धिखर्कको ढाडो र तेस्रो गल्ली, विहार देखी फुदवाङसम्म अतिक्रमण गर्ने क्रम बढेको बारम्बार आवाज उठने गरेपनि कति जग्गा मिचियो भनेर छुटाउने काम हुन सकेको छैन् । विद्यालय, क्याम्पस र मठमन्दिर लगायत संस्थाका जग्गा धमाधम व्यक्तिलाई बिक्री गर्ने क्रम जिल्लाभर रहेकाले यसले विकृती निम्त्याएको उवासंघका वरिष्ठ उपाध्यक्ष अशोक श्रेष्ठले बताए । 



वरिष्ठ अधिवक्ता जगन्नाथ भुसालले अर्घाखाँची सदरमुकाम र गाउँमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर, घडेरी बनाउने क्रम बढे पनि यसलाई नियन्त्रण गर्न सम्बन्धित निकाय मौन रहेको आरोप लगाए । द्धन्द्धको बेला जिल्लाका सबै नापी नक्सा जलेर नष्ट भएको थियो । जिल्लामा विशेष नापी कार्यालयको स्थापना गरी एक वर्षदेखी पुन नापीको काम भैरहेको छ । प्राध्यापक विजय खत्रीले नक्सा नभएको बेला मालपोतले दिशा र तर्फको आधारमा जग्गा नामसारी गर्नु अवैज्ञानिक भएको र यसले विवाद र झगडा भै दुरगामी असर पार्ने दावी गरे । नापी नक्सा नभएको मौका छोपेर सदरमुकामको वागी खोला लगायत सरकारी जग्गा मिच्नेक्रम तीव्र रुपमा बढेको उनले बताए । 

 

नापी विभागका महानिर्देशक नागेन्द्र झाले अर्घाखाँचीमा पुन नापीको काम भैरहेको र २४ गाविसमा काम सुचारु भएको दावी गरे । उनले जग्गा पहिचान गरेर नक्शाकंन गरिने कसैले व्यक्ति र सरकारी जग्गा मिच्ने काम गरेको भेटिएमा कानुन अनुसार कारवाही गरिने दावी गरे । छिटै थप जनशक्ति थपेर पुर्जा जिल्लाभर एकैसाथ सबै जग्गाधनीका हातमा पुर्जा उपलब्ध गारईने उनले दावी गरे । प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले नापी विभागले पुनः नापी नक्साको कामको ढिलाईले सार्वजनिक जग्गा मिच्नेलाई कारवाही गर्न समस्या भएको र सार्वजनिक जग्गामा विवाद बढदै गएको बताए । कार्यक्रममा विशेष नापी कार्यालयको प्रमुख नारायण रेग्मीले स्रोत र साधन प्रयाप्त भएमा समयमा नै नापी नक्साको काम छिटो छिरितो रुपमा गर्न सकिने बताए । 



रिपोर्टर्स क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र वीरेन्द्र केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

अन्य समाचारहरु