सन्धिखर्कमा भूमिसुधार मन्त्रीको पत्रकार भेटघाट, १ वर्ष मै सविधान निर्माण हुने भनाइ

गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची १३ बैसाख । भूमिसुधार तथा व्यवस्था  मन्त्री दल बहादुर रानाले १ वर्ष मै सविधान निर्माण हुने बताए ।


 
नेपाल पत्रकार महासंघ अर्घाखाँचीले शनिवार सन्धिखर्कमा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री रानाले अघिल्लो संविधानसभाले गरेका कामहहरुको स्वामित्व ग्रहण गर्ने सहमति भएका साथै संविधानसभाका अन्तर्गतका महत्वपुर्ण समितीमा सभापतिहरुको समेत चयन भइसकेको सविधान निर्धारित समयमै हुनेमा कुनै आशङ्गका नरहेको मन्त्रि रानाले बताए ।
मालापोत र नापी कार्यालयको कामलाइ ब्यबस्थीत गराउन थप कार्यलय सञ्चालन गर्ने र छिटो छरितो जनतालाइ सेबा प्रबाह गर्ने काममा भुमि सुधार मन्त्रालय लागि परेको मन्त्री रानाको भनाइ छ । उनले अर्घाखाँचीका अन्य गाविसमा कागजात अद्याबदीक मात्र भए पनि सदरमुकाम सन्धिखर्कमा डिजीटल प्रबिधीबाट पुन नापी हुने बताए ।
मुक्त हलियाहरुलाई व्यवस्थापन आफु मन्त्री भएपछि भएको दावी गर्दै मन्त्री रानाले कार्याविधी तयार भएर पास भएको दावी गरेका थिए । अर्घाखाँची जिल्लाको किमडाँडाका जनताहहरुलाई पूर्जा वितरण गर्न मन्त्री राना अर्घाखाँची आएका हुन् । द्धन्द्धकालमा सदरमुकाम सन्धिखर्कमा आक्रमण हुदा नापी नक्साका सबै कागजात जलेपछि लालपुर्जा हेरेर कागजात अद्याबदीकको काम भैरहेको छ ।
एमाले नेता समेत रहनु भएका रानाले एमालेको आसन्न अधिवेशनले सहमितबाटै नया नेतृत्व चयन दावी गरे ।

अन्य समाचारहरु