पूर्व राजा ज्ञानेन्द्र शाहद्धारा राजनीतिक अस्थिरता र अस्तव्यस्तताले देश झनै कमजोर बन्दै गइरहेको उल्लेख

चितवन, वैशाख १३ । पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक अस्थिरता र अस्तव्यस्तताले देश झनै कमजोर बन्दै गइरहेको बताएका छन् । देशमा व्याप्त विकृतिले अर्थतन्त्र नै धरापमा परेको बताए ।
पृथ्वी नारायण शाह स्मृति प्रतिष्ठान चितवनले आज नारायणगढमा आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै पूर्व राजा शाहले देशको अस्थिर राजनीतिको परिणाम स्वरुप लाखौं युवा जनशक्ति विदेश पलायन हुन बाध्य भएको बताए ।
मौलिक पद्धतिमा राजनीतिको विकास भएमात्रै देशले मुहार फेर्ने उनको भनाई थियो । उनले राष्ट्रियता र मौलिकता जोगाउनका लागि सम्पूर्ण नेपाली जनतालाई एकजुट भएर लाग्न आग्रह गरे । उनले दोस्रो संविधानसभाबाट बन्ने लोकतान्त्रिक संविधानले कसैलाई निषेध र विभेदिकरण गर्न नहुनेमा जोड दिए ।
पूर्व राजा शाहले नारायणगढस्थित पशुपतिनाथ गौरीश्वर मन्दिरमा पुजा अर्चना गरी पुल्चोकसम्म पैदलयात्रा पनि गरे । विभिन्न जिल्लाको धार्मिक भ्रमणका क्रममा पूर्वराजा शाह्र हिजोदेखी चितवनमा छन् । IMAGEKHABAR