अफगानिस्तानमा राष्ट्रपति निर्वाचनमा कुनै उम्मेदवारले पनि आवश्यक बहुमत ल्याउन नसकेपछि फेरि मतदान हुने

वैशाख १४ । अफगानिस्तानमा गत मार्चमा भएको राष्ट्रपति निर्वाचनमा कुनै उम्मेदवारले पनि आवश्यक बहुमत ल्याउन नसकेपछि फेरि मतदान हुने भएको छ । 
अफगानिस्तानमा राष्ट्रपतिमा निर्वाचित हुन कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । अन्यथा दोस्रो चरणको मतदान हुने संवैधानिक प्रावधान रहेको छ ।
चुनावी प्रतिष्पर्धामा रहेका उम्मेदवार मध्ये सबैभन्दा बढी पूर्व विदेशमन्त्री अब्दुल्लाह अब्दुल्लाहले ४४ दशमलव ९ प्रतिशत मत पाएको तथा उनका निकटतम प्रतिष्पर्धी पूर्व अर्थमन्त्री असरफ घानीले ३१ दशमलव ५ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । अब मे २८ मा हुने दोश्रो चरणको मतदानमा यी दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।
Agencies