काठमाडौं, वैशाख १४ । नेपाली कांग्रेसले व्यवस्थापिका संसदमा खेल्नुपर्ने भूमिकाका विषयमा आफ्ना सांसदहरुलाई प्रशिक्षण दिएको छ ।
संसदीय दलले आयोजना गरेको प्रशिक्षणमा संसदभित्र पालना गर्नुपर्ने आचरण, संसदमा सांसदहरुको भूमिका, कानून निर्माण, सरकारको कामकारबाही, संसदीय दलको भूमिका र अरु दलसँगको सम्बन्धका बारेमा प्रशिक्षण दिइएको छ ।
त्यस्तै बजेट निर्माण, राष्ट्रिय योजना आयोग र अरु निकाय, अनुगमन तथा मूल्यांकन आर्थिक विकासमा बाधक तत्वहरु र भावी संघीय राज्य र तिनको संभावित नीतिबारेमा डा. शंकर शर्मा र अर्थविद् विश्वम्भर प्याकुरेलले प्रशिक्षण दिएका छन् । प्रशिक्षणमा कांग्रेसका नयाँ १ सय ४८ तथा अरु सभासद सहभागि छन् । IMAGEKHABAR