काठमाडौं, वैशाख १५ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिलेको अवस्थामा राजनीतिक क्रान्तिको आवश्यकता नभएको बताएका छन् । कतिपय कम्युनिष्ट नेताहरुले मुलुकमा अझै राजनीतिक क्रान्ति आवश्यक रहेको तर्क गरिरहेको बेला नेपालले राजतन्त्र हटिसकेकाले राजनीतिक क्रान्तिको आवश्यकता नरहेको बताए ।
राजधानीमा आज अखिल नेपाल ट्रेड युनियन महासंघले गरेको कार्यक्रममा उनले उग्र बामपन्थले कम्युनिष्टलाई विर्सजनवादको दिशामा अघि बढाउने बताए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको प्रमुख लडाइँ पूँजीवाद विरुद्ध भएको भन्दै यसमा सफलता पाए कम्युनिष्ट आन्दोलन सफलताको बाटोतर्फ अघि बढ्ने बताए ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरुले नेपालको कम्युनिष्ट आन्दोलन सही दिशामा अघि नबढेको भन्दै चिन्ता व्यक्त गरेका थिए । IMAGEKHABAR