युक्रेनको पूर्वी क्षेत्रका अधिकांश सरकारी भवनहरु रुसी समर्थकहरुद्धारा कब्जा

वैशाख १७ । युक्रेनको पूर्वी क्षेत्रका अधिकांश सरकारी भवनहरु रुसी समर्थकहरुले कब्जा गरेका छन् । हतियारधारी सहित लुहान्स शहरका सरकारी भवनहरुमा एकैसाथ प्रवेश गरेको उनीहरुले क्षेत्रीय प्रशासनिक मुख्यालयमा प्रवेश गर्नुअघि उक्त मुख्यालयको झ्याल ढोका तोडफोड गर्नुका साथै सो भवनहरुमा रहेको युक्रेनको झण्डा निकाली रुसी झण्डा फहराएका छन् ।
justify;”>सरकारी भवन प्रवेश गर्ने क्रममा उनीहरुले सरकारी कर्मचारीलाई दुब्र्यबहार गरी बाहिर निकालेको बुझिएको छ । यता युरोपियन संघले पनि रुसमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धको समर्थन गर्दै युरोपियन संघले रुसका उपप्रधानमन्त्री लगाएत अन्य १५ ब्यक्तिहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
प्रतिबन्धमा रुसी सेनका चीफ अफ स्टाफ तथा गुप्तचर बिभागका निदेर्शक समेतलाई प्रतिबन्ध लगाइएको छ । जापानले पनि २३ जना रुसी नागरिकहरुको भिसा रद्द गरेको छ ।
रुसले भने युरोपियन संघ र जापानको यो निर्णयप्रति प्रतिक्रिया दिंदै रुसले युरोपियन संघ अमेरिकी पथमा हिंडेको भन्दै यो निर्णय हास्यास्पद भएको बताएको छ । क्राइमियामा गरिएको विवादास्पद जनमत संग्रहपछि चर्को अन्तर्राष्ट्रिय विरोधका बाबजुद रुसले क्राइमियालाई विलय गराएको गराएपछी रुस र युरोपियन संघले प्रतिबन्ध लगाएको हो ।
Agencies