वैशाख १७ । भारतमा आज आम निर्वाचनको सातौ चरणको मतदान हुंदैछ । भारतको उत्तर प्रदेश, विहार, पश्चिम बंगाल, गुजरात, जम्मु कास्मिर, लगायतका प्रदेशका ८९ सिटमा मतदान हुंदैछ । आजको मतदानमा कांग्रेस आई अध्यक्ष सोनिया गांधी, भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह लगायतका हस्तीहरु चुनावी मैदानमा छन् ।
सोनिया गान्धी उत्तर प्रदेशको रायबरेलीबाट उम्मेदवार हुन भने लखनऊबाट भाजपा अध्यक्ष राजनाथ सिंह उम्मेदवार हुन् । त्यस्तै गुजरातको बडोदराबाट भाजपाका प्रधानमन्त्री पदका दावेदार नरेन्द्र मोदी र गान्धीनगरबाट भाजपाका पूर्व अध्यक्ष लालकृष्ण आडबाणी उम्मेदवार हुन् । मे १२ सम्म नौ चरणसम्म निर्वाचन भई मे १६ बाट मतगणना थालिने छ ।
भारतीय लोकसभाका ५ सय ४३ सिट मध्ये बहुमत ल्याउने दलले कम्तिमा २ सय ७२ सिट जित्नुपर्ने प्रावधान छ । जारी चुनावी प्रक्रियामा कांग्रेस, भाजपा र आम आदमी पार्टीबीच मुख्य प्रतिस्पर्धा रहेको आंकलन गरिएको छ ।
AGENCIES