अपडेट: नरपानीको जगतमा बस र ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या १९

फेरी अर्को दूर्घटना : नरपानीको जगतमा बस र ट्रक दूर्घटना लगतै फेरी सन्धिखर्कको स्यालेबजारमा जिप दूर्घटना भएको छ । जिपमा सवार दुई युवक मृत्‍यु भएको छ।

– डाक्टरको मृत्‍यु- दुर्घटनामा जिल्ला अस्पताल सन्धिखर्कका डा. बिष्णु आचार्यको पनि मृत्‍यु भएको छ। उनले  बुबा-आमालाई लिएर बुटवल जादै थिए । बुबा-आमाको पनि मृत्‍यु भएको छ।

– गम्भीर घाइते २३ जनालाई नेपाली सेनाको एमआई१७ हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ।

 

वीरेन्द्र केसी



जगत, अर्घाखाँची  (२०७१ बैशाख १७ बुधवार) । बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ । नरपानी ५ जगतमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा घटनास्थलमै दस जनाएको मृत्यु भएको थियो भने अन्यको बाटोमा लैजादै गर्दा एवम उपचारको क्रममा मृत्‍यु भएको हो ।

 

जगतमा भएको दुर्घटनापछि जिल्लाबासी स्तब्ध र शोकमग्न बनेका छन् ।

 

दुर्घटनामा गम्भीर घाइते २३ जनालाई नेपाली सेनाको एमआई१७ हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ।

 

दुर्घटनामा २७ जना घाइते भएका छन् । तीमध्ये २३ को अवस्था गम्भीर छ ।

 



 

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट साढे १२ बजे बुटवलका लागि छुटेको लु १ ख ६२३१ नम्बरको बस र बुटवलबाट सन्धिखर्कतर्फ जाँदै गरेको लु १ ख ७८२७ नम्बरको मिनीट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
 
एक आपसमा ठोक्किएपछि बस र ट्रक सडकबाट एक सय मिटर तल खसेका छन्। दुर्घटना स्थल सन्धिखर्कबाट १० किलोमिटरको दुरीमा पर्छ ।


 

साँघुरो बाटोका कारण तीव्र गतिमा भएका दुवै गाडी ठोक्किएपछि एकै चोटी पल्टिएका हुन् । नेपाली सेना, प्रहरी र सर्वसाधारण उद्दार गरेका थिए । गत वर्ष फागुन ४ गते मसिना लेकमा भएको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको घटना बिर्सन नपाउंदै अर्घाखाँचीले अर्को बिभत्स दुर्घटनालाई सामना गर्नुपरेको छ।

 

सनाखत हुनेको विवरण:

 

दुर्घटनामा परी ३ भारतीय नागरिकको भएको छ। मृतकमध्ये कतिपय एउटै परिवारका धेरै जना परेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी अर्घाखांचीको वाङला घर भई अर्घाखाँची अस्पतालमा कार्यरत ३८ वर्षिय डा. विष्णु आचार्य, आचार्यको बुवा ७५ वर्षिय जनार्दन आचार्य, ठाडा ३ का ३४ वर्षिय गणेश बेल्बासे, २४ वर्षिय अनिता बेल्बासे, बुटवलका ५० वर्षिय कृष्ण श्रेष्ठ, छमि श्रेष्ठ, चन्द्रलाल श्रेष्ठ छन्।
 
त्यसैगरी जुकेना ५ अर्घाखाँचीका तिलकला बेल्बासे, नरपानीका २९ वर्षिय धनसरी बगाले, धारापानीका २६ वर्षिय नरेन्द्र बन्जाडे, ढाकावाङका २५ वर्षिय बसन्त क्षेत्री र प्यूठानका ३२ वर्षिय जनक खनाल छन्। त्यस्तै भारत सुपौलीका ४५ वर्षिय आबतला लम्बु, ५१ वर्षिय एमासुती लम्बु र नुर आलम छन्। 
 
मृतकमध्ये १३ जनाको घटनास्थलमा र अन्य ६ जनाको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको थियो।

 

 स्याले दुर्घटनामा दुई जनाको मृत्‍यु

 

यसैबीच दुर्घटनाका घाइते लिन सन्धिखर्कबाट जाँदै गरेको लु १ ज १३२९ जिपको सन्धिखर्क-६ हस्पिटल लाइन स्यालेमा दुर्घटना भएको छ । जिपमा सवार दुई युवक मृत्‍यु भएको छ। 

 

सभासदद्धारा दु:ख प्रकट

 

यसैगरी सभासदहरु डा. दुमन थापा टोप बहादुर रायमाझीले छुट्टा छुटै प्रेस विज्ञप्ती प्रकासित गर्दै नरपानीको जगतामा भएको दुर्घटना प्रति गहिरो दु :ख ब्यक्त गरेका छन। साथै जिल्लाका राजनीतिक दल, संघ- संस्थाहरुले समेत दुर्घटना प्रति गहिरो दु :ख ब्यक्त गरेका छन।  दुर्घटनाको कारण अझै खुन्ल सकेको छैन ।







 

अन्य समाचारहरु