– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची (२०७१ बैशाख १७ बुधवार) । नरपानी जगतको बहखोरमा बस र ट्रक दुर्घटना हुँदा १९ को ज्यान गएको छ । दुर्घटनामा ४५ जना घाईते भएका छन ।
जसमध्ये २३ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौ लगिएको छ । उनिहरुको काठमाडौंको टिचिङ अस्पतालमा उपचार भईरहेको छ। अरु घाईतेलाई बुटवल लगिएको छ । सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु १ ख ६२३१ नम्बरको बस र बुटवलबाट सन्धिखर्कतर्फ आउदै गरेको लु १ ख ७८२७ नम्बरको मिनि ट्रक एकआपसमा ठोक्किदा घटना स्थलमै आठ जना अरुको उपचारको लागि सन्धिखर्क ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि जिल्लाबासी स्तब्ध र शोकमग्न बनेका छन् ।
दुबै गाडी तीव्र गतिमा भएकाले दुर्घटना भएका प्रहरी नायव उपरीक्षक दिपेन्द्र जसीले बताए । दुवै गाडी सडक देखी दुई सय मिटर तल खसेका छन । बस क्षतविच्छेद अवस्थामा छन । १९ मध्ये १० जनाको मृतकका शव क्षतविच्छेद भएकाले शनाखत गर्न समस्या भएको प्रहरीले जनाएको छ ।
घटनास्थल सदरमुकामबाट १३ किलोमिटर टाढा पर्छ । उकालोमा चढदै गरेको बसलाई विपरित दिशाबाट आएको मिनि टकले बसलाई ढक्कर दिएपछि सडकबाट खसेको थियो । त्यसपछि टक खस्यो । प्रहरी निरीक्ष्ँक गोविन्द पंथीका अनुसार दुवै गाडीका चालकको लाप्रवाहीका कारण दुर्घटना भएको बताए । मोडमा होरन नबजाएको र तीव्र गतिमा भएकाले दुर्घटना भएको बताए ।
दुर्घटनामा मृत्यु हुनेहरु
एकै घरका चार जनाको ज्यान गयो
सुनसरीको कुम्भ मेला हेर्न हिडेका वाङला-२ का जिल्ला जनस्वास्थ्य कार्यालयका पुर्व डा.विष्णु आचार्यको ज्यान गएको छ । उनका वुवा ७० वर्षीय जनार्दन र आमा ६० वर्षीय मिनादेवी छन । आचार्य चार वर्ष देखी अर्घाखाँची हस्पिटल प्रालिमा कार्यरत थिए ।
४) कृष्ण श्रेष्ठ वषी ५५ बुटवल
५) चन्द्रलाल श्रेष्ठ ४९ ठाडा
६) अवुतला आलमा ५१ वर्षीय भारतीय नागरिक
७) धनिश्वरी बगाले मगर ५९ नरपानी
८) अनिता बेल्वासे ३६ ठाडा
९) जनक खनाल ६१ प्युठान
१० ) नुर आलमा भारतीय नागरिक
११) यम जुरु भारतीय नागरिक
१२) वसन्ती खनाल १९ ढाकावाङ
१३) तिलकला वेस्वासे जुकेना
१४ नरेन्द्र बञ्जाडे २५ धारापानी
१५) छवि श्रीस रुपन्देही
१६ तामबहादुर पुन मगर वाङला-२
१७) गणेश बेल्वासे ठाडा
१८)शान्ता आचार्य वाङला-२
१९ एक जनाको सनाखत हुन सकेको छैन ।