सुदूरपश्चिममा गत वर्षको साउनदेखि हालसम्म सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८५

डडेल्धुरा, वैशाख १८ । सुदूरपश्चिममा गत वर्षको साउनदेखि हालसम्म सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८५ पुगेको छ । क्षेत्रीय ट्राफिक कार्यालय अत्तरिया कैलालीले गएको ९ महिनामा १ सय ४ दुर्घटनामा ८५ जनाको मृत्यु भएको जनाएको हो ।
सो अवधिमा एक सय भन्दा बढी घाइते भएका छन् । चालक तथा यातायात व्यवसायीको लापरबाही, यात्रुको लापरबाही, बिग्रँदो सडक, दुर्घटनापछि कारबाही नहुनु जस्ता कारणले डडेल्धुरा धनगढी भीमदत्त राजमार्गमा मात्रै यत्रो संख्यामा मानिसहरुको मृत्यु भएको हो ।
दुर्घटना न्यूनीकरणका लागि क्षेत्रीय प्रशासन कार्यालयका उपसचिवको नेतृत्वमा गठन भएको छानबिन समिति औपचारिकतामा मात्रै सीमित भएको छ ।
दुर्घटना कम गर्न ट्राफिक प्रहरीले राजमार्गमा लागू गरेको