वैशाख १८ । चीनको सिनजियाङ प्रान्तको रेल्वे स्टेसनमा बम विस्फोट भए लगत्तै चीन सरकारले कडा सुरक्षा रणनीति अबलम्बन गरेको छ ।
राष्ट्रपति सी जिनपिङले सो प्रान्तको भ्रमण सके लगत्तै व्यस्त रेल्वे स्टेसनमा भएको विस्फोटमा कम्तिमा ३ जना मारिएका थिए भने ९७ घाइते भएका थिए । उरुम्की सहरको दक्षिणी क्षेत्रमा रहेको रेल्वे स्टेसनमा आक्रमणकारीले चक्कुले सर्वसाधारणलाई आक्रमण गर्नुका साथै विस्फोटहरु गराएका थिए ।
राष्ट्रपति सीले विस्फोटमा आतंकवादीहरुको हात रहेको भन्दै उनीहरुमाथि कडा कारबाही गर्न निर्देशन दिएका छन् । विस्फोटमा अल्संख्यक उइगुर मुस्लिम समुदायको हात रहेको आशंका गरिएको छ । (एजेन्सी)