सदरमुकाम सन्धीखर्कबाट करिव १ घण्टा सम्म ति परिवार आपसमा वारीपारी वसेर भालाकुसरी गर्दै थिए । बाँच्न सफल एक जना घाईते भन्छन् अफ्ठ्यारो भयो कि भनेर सोध्धै पनि थिए छोराले आमा वुवा र ति हजुर आमालाई । वस तिब्र गतिमा थियो । यात्र करिव एक घण्टा गरिदै थियो । वस नरपानीको जगतामा पुग्दै थियो । उताबाट त्यसरी नै तिब्र गतिमा ट्रक आयो र ठोक्कीएकै थाह नपाउने गरी वस ट्रक दुवै एकै साथ गल्र्याम्गुर्लुम तल खसे ।
वुवा आमा।।ए छोरा ए छोरी….ए मेरो हजुर….यस्तै यस्तै आवाज , च्वाचङ्ग र चुचुङ्ग रुवावासी मच्चीयो । ति मध्येका एक थिए अरु मानिसलाई उपचार गरेर बचाउने डाक्टर । तर उनलाई बचाउने त्यहाँ कोही हुन् सकेन । न त उनले तिर्थ गराउन हिडालेका आमा वुवा र हजुर आमा नै बचाई दिने कोही भई दिए । उनि थिए अर्घाखाँची अस्पतालका डाक्टर विष्णु आचार्य ।
अर्घाखाँचीको वाङ्गला २, आदित्यपुरका ४५ वर्षिय डाक्टर आचार्यले धेरै पहिल्लै देखि वावु आमालाई वराह क्षेत्रको तिर्थ गराउने धोको पालेका थिए । तर दुर्भाग्य वराह क्षेत्रमा पुगेर आज त्यो धोको पुरा गराउनु पर्ने डाक्टर आचार्य र उहाँकी ६० वर्षिया आमा मिनादेवि, ७१ वर्षिय पिता जनार्दन आर्चाय र हजुर आमा पर्ने शान्ता आर्चाय यि चारै जनाको शव यो पंक्ति लेखी रहँदा मथुरावेसीमा लहरै दाहसंस्कार गरिदै थियो ।
उनका काकाको छोरा भरत आचार्य वोल्न सक्ने अवस्थामा नभएको हुँद धेरै प्रयास पछि डाक्टर आचार्य र उनका समाज सेवी पिताका वारेका केही वोले । डाक्टर आचार्यका दुई भाई मध्ये स्थानिय शिक्षक रहेका माईला भाई नारायण आर्चायले मात्र दागबत्ति दिदै थिए । कान्छा भाई प्रकाश जापान र एक मात्र वहिनी प्रमिला फेरी अमेरिकामा रहेको बताइयो । पिता जनार्दन आचार्य पुर्व प्रधानपञ्च देखि विभिन्न क्षेत्रको समाज सेवामा मात्र चर्चित नभएर पण्डीत्याईको क्षेत्रमा पनि किनै चर्चा पाएको र प्रतिष्ठा कमाएको ब्याक्ति रहेको उनै भतिजा भरत आचार्यले बताए ।
काठमाण्डौंको बुढानिलकण्ठ स्कुलबाट एसएलसी पास पश्चात महारजगाञ्ज स्थित शिक्षण अस्पतालबाट पहिला हेल्थ अशिस्टेन र पछि एमविविएस सकेर डाक्टर आचार्य आफ्नै गाउँवासीको सेवा गर्ने अठोट लिएर काठमाण्डौं छाडेर सन्धीखर्क दुई वर्ष अघि मात्र आएका थिए । केहि समय जिल्ला अस्पताल र गत डेढ वर्ष देखि ९प्राईवेट ० अर्घाखाँची अस्पतालमा कार्यरत रहेका उनले छोटो समय मै धेरैलाई प्रभावित पारेका थिए । यसरी भर्खर जिल्लावासीको सेवामा तल्लीन भई रहेको वेला नियतिले उनलाई र वुवा आमा नै पनि चुड्यो ।
त्यस्तो अकल्पनिय पतिवियोगको खवरले काठमाण्डौबाट घर आएकै थाह नपाएकी ु भएकी उनकी धर्म पत्नी कल्पना र एक मात्र सन्तान उनकी १२ वर्षिय छोरी आकंक्षा मुर्छित छन् घरमा ।
यसरी धर्म कर्ममा हिडेकाका ति आचर्य परवारका चार जनाको ज्यान गयो भने यता उनैहरुको उद्धार गर्न हिडेकाको पनि ज्यान गयो । यो कहालीलाग्दो दुर्घटनाले एकै परिवारका चार जना आचार्य सहित १९ जना मृतकका आफन्तजन यति वेला भावविह्ल छन् यति वेला । त्यस्तै कैयौं गम्भीर घाईतेहरुको अवस्थाले आफन्तजनको आँशु रोकिएको छैन ।
ठाडा ज्याति क्याम्सका शिक्षक विष्णु भट्टराई भन्छन् अमेरिका उड्ने भए पछि उहाँले क्याम्सका प्रत्येक विद्यार्थी, शिक्षक कर्माचारी र हिड्नको अघिल्लो दिन राती र विहान सम्म छिमेकीको घर घरमा पुगेर विदाई भेट गरेर हिडनु भएको थियो । उनि मुटु भक्कानाउँदै थप्छन- गणेश सरलाई भर्खर दाह संस्कार गरेर फर्किए पनि मृत्यु भए होला जस्तो लाग्दैन् ।