वैशाख २१ । अफगानिस्तानको उत्तर-पूर्वी बदख्शान प्रान्तमा पहिरोका क्रममा पहाडै खस्दा २५ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ । ३ सय ५० जनाको त शव नै फेला परिसकेको छ । पहिरोमा २ हजारभन्दा बढी व्यक्ति पुरिएको आशंका छ ।
मूसलधारे पानी परेकै समयमा पहाडको एक भाग बारिक गाउँमा खस्दा सयौं घर जमीनमुनि दबिएर दुर्घटना भएको प्रान्तका गभर्नरले जनाएका छन् ।
ताजखस्तान, चीन र पाकिस्तानको सीमासँग जोडिएको यो विपन्न गाउँ वर्षेनी भू