नेकपा-माओवादीको राष्ट्रिय सम्मेलन असारको दोस्रो साता हुने

मङ्गलबार २३ बैशाख, २०७१ – नेकपा-माओवादीको राष्ट्रिय सम्मेलन असारको दोस्रो साता हुने भएको छ। नेकपा माओवादीको पोलिटब्युरोको बैठकले राष्ट्रिय सम्मेलन असारको दोस्रो साता गर्ने निर्णय गरेको प्रवक्ता पंफा भुसालले जानकारी दिईन्।
सम्मेलनको स्थान भने पछि तय गरिने उनले बताईन। बैठकले जेठ १४ गते संविधानसभा विघटन गरिएकोमा त्यस दिन त्यसको विरोधमा सर्वपक्षीय राजनीतिक सभाको मागको गरेको छ।
बैठकले असार ८ गते हुन गइरहेको दोस्रो संविधानसभाको  उपनिर्वाचनको बहिष्कार गर्ने निर्णय पनि गरेको छ । SETOPATI