विराटनगर, वैशाख २४ । मोरडंको पथरीमा हिजो सुकुम्बासी र प्रहरीवीच झडप हुंदा ७४ जना घाईते भएका छन् ।
आफुले उपभोग गर्दै आएको जग्गाको लालपुर्जा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका सुकुम्बासीहरुले राजमार्ग अबरुद्ध पारी सार्वजनिक सवारी साधनमा आगजनी गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
झडपमा ५० सुकुम्बासी र २४ प्रहरी घाईते भएका छन् । सुकुम्बासीले तीन वटा सार्वजनिक सवारी साधनमा आगजनी गरेका छन् । आगजनीमा संलग्न ६३ जनालाई नियन्त्रणमा लिईएकोमा २३ जना विरुद्ध मुद्धा चलाईने प्रहरीले जनाएको छ । IMAGEKHABAR