नाईजेरियाको आतंकबादी समूह बोको हरामद्धारा फेरी ८ जना बालबालीका अपहरण

वैशाख २४ । नाईजेरियाको आतंकबादी समूह बोको हरामले फेरी ८ जना  बालबालीका अपहरण गरेका छन। 
नाईजेरियाको विद्यालयबाट अपहरण गरिएका बालिकाहरुको खोजी र अपहरण मुक्तको प्रयासका लागी नाइजेरिया सरकारको आग्रहमा अमेरिकी अधिकारीहरुको टोली नाइजेरिया पुगेका छन् । नाइजेरियाका राष्ट्रपति गुडलक जोनाथनले वालिकाहरुको स्थितीवारे जानकारी लिन अमेरिकाको सहयोग मागेपछि अमेरिकी टोली नाइजेरिया पुगेको हो ।
ती टोली बालीकाको अवस्थाका बारे जानकारी लिन र अपहरण मुक्त गर्ने प्रयास स्वरुप नाइजेरिया पुगेको हो । यसैवीच, अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतंकबादी समूह बोको हरामको कर्तुत प्रति खेद ब्यक्त गर्नुका साथै बोको हराम तल्लो स्तरको आतंकबादी समूह रहेको भन्दै ब्यापक आलोचना गरेका छन् । उनले अमेरिकी अधिकारीहरुको टोलीले बालीकाहरुको स्थिति पत्ता लगाउनेमा आफू बिश्वस्त रहेको प्रतिक्रिया दिएका छन् ।
तीन साता अघी आतंकबादी समूह बोको हरामले कब्जामा लिएका २ सय ७६ जना बालबालीकाको अवस्था अझै अज्ञात छ । उत्तरी नाईजेरियाको बोर्नो राज्यको चिबोक शहरस्थित अग्रेजी माध्यममा पढाई हुने विद्यालयबाट २ सय ३० बालिकालाई अपहरण गरिएको थियो ।
यसअघी बोकोहरामका नेता अबुबाकर सेकउले भिडियो संदेश जारी गरी बालिकाहरुलाई आफ्नो समूहले अपहरण गरी बन्धक बनाएको र उनीहरुलाई बेचविखन गर्ने तयारी भईरहेको जानकारी समेत दिएका थिए ।
बोको हरामले अंग्रेजी माध्यममा पढाई हुने विद्यालयहरुमा दर्जनौ पटक आक्रमण गरी पश्चिमा शिक्षाको विरोध गर्दै आएको छ । नाईजेरियाली भाषामा बोको हरामको शाब्दिक अर्थ पश्चिमा शिक्षालाई अनुमति छैन भन्ने रहेको छ । यसैबीच अपहरित बालिकाहरुको उद्धारमा ध्यान दिन नसकेको भन्दै नाईजेरियाली सरकारको चौतर्फी आलोचना भइरहेको छ । मुस्लिम राज्यको वकालत गर्दै सन् २००९ बाट हिंसात्मक गतिविधि गर्दै आएको बोको हरामको आक्रमणमा परी सयौंले ज्यान गुमाईसकेका छन् ।
यसैबीच अपहरणमा परेका बालीकाका परिवारजनमा रुवाबासी चलेको छ । अपहरणमा परेका आफना बालीकाहरु अपहरण मुक्त गर्नमा सरकार असक्षम भएको भन्दै अभिभावकहरुले नाइजेरियामा बिभिन्न शहरमा प्रदर्शन गरेका छन् ।
गत तीन सातादेखि अपहरणमा परेका आफना सन्तानको खोजीमा सरकारले ढिलाई गरेको भन्दै प्रदर्शनकारीहरुले सरकारको ब्यापक आलोचना गर्दै ठाउँ ठाउँमा सडक अवरुद्ध गरेका छ । प्रदर्शनमा नाइजेरियाका बिभिन्न संस्थाका प्रतिनिधीहरुले समेत साथ दिएका छन् । प्रदर्शनकारीहरुले अपहरणमा परेका बालीकाको स्थितिबारे बिश्वसमुदायको समेत ध्यानाकर्षण गराएका छन् ।
Agencies