सम्पत्ती शुद्धिकरण बिषयक अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न, अबैध सम्पत्तीको शुद्धीकरण गरिने

प्रेमनारायण आचार्य

 

सन्धिखर्क, अर्घाखाँची २४ बैसाख । सम्पत्ति शुद्धीकरण निवारणमा सम्पत्ती शुद्धिकरण अनुसन्धान बिभागको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।

 

कार्यक्रममा सम्पत्ती शुद्धिकरण अनुसन्धान बिभागका उप महानिर्देशक अर्जुन प्रसाद पोख्रेलले चोरी डकैती र आतककारि कृयाकलाप वा राज्यको कानुन बिपरितका काम गरि कमाइएको सम्पत्तीको शुद्धिकरण अनुसन्धान बिभागले कारबाहीको प्रकृया अगाडी बढाउने जानकारि गराए  ।

उनले सम्पत्तिको शुद्धिकरण गरि हुने लगानीलाइ अपराधीकरण गरि अपराधीलाइ दण्ड सजायको ब्यबस्था गर्ने र शंकास्पद आर्थिक कारोबार पहिचान गरि सम्भाबित अभियुक्तलाइ अनुसन्धान गरि कानुनी दायरामा ल्याउन शुद्धिकरण अनुसन्धान बिभागको आबस्यकता रहेको बताए  ।


कार्यक्रममा सम्पत्ती सुद्धिकरण निबारणमा सम्पत्ती शुद्धिकरण अनुसन्धान बिभागको भुमिका बिषयक कार्यपत्र बिभागका निर्देशक रबिराज काफ्लेले प्रस्तुत गर्नु भएको थियो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले कानुनको अधिनमा रहि आफ्नो ब्यबसाय सञ्चालन गर्नु पर्ने बताउदै गैर कृयाकलाप सञ्चालन गरि अकुत सम्पत्ति कमाउने जो कहिलाइ पनि कारबाही हुने बताउनु भयो ।


सम्पत्ति शुद्धिकरण अनुसन्धान बिभाग र अर्घाखाँची उद्योग बाणिज्य संघको आयोजनामा सम्पन्न भएको कार्यक्रम उद्योग बाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता र सम्पत्ती शुद्धिकरण अनुसन्धान बिभागका उद्धब प्रसाद पुडासैनीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


कार्यक्रममा सरकारि कार्यलयका प्रमुख , बैंक तथा बित्तीय निकायका प्रमुख, उद्योगी ब्यबसायी र सञ्चारकर्मिहरुको उपस्थिति रहेको थियो ।

अन्य समाचारहरु