सन्धिखर्क र चुत्राबेसी बजारका मासु पसल तथा अन्य स्थानमा सञ्चालन गरिएको भैसी पालन, बंगुर पालन र घास खेतीको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको नेतृतवमा रहेको जिल्ला स्तरिय अनुगान टोलीले अनुगमन गरेको हो ।
मासु पसलेहरुले सरसफाइलाइ ध्यान नदिएको, बधसालाको राम्रो निर्माण नगरिएको र पाडा तथा रागाहरु बध गरि सकेपछि लादी तथा रगतहरु खुलेयाम खोलामा फाल्ने गरिएको भेटिएको छ । पशु पन्छीहरु बध गर्ने स्थान , सफा गर्ने स्थान र बिक्री गने स्थान फरक फरक हुनु पर्ने भए पनि सन्धिखर्क र चुत्राबेसीका केहि पशलेहरुले एकै स्थानमा गर्ने गरिएको पनि पाइएको छ ।
तर चुत्राबेसीमा सञ्चालित टण्डन फ्रेस हाउसले भने सबै प्रकृया पुरा गरि जिल्लाकै नमुना बन्न खोजेको पनि अनुगमनमा निष्कर्ष निकालिएको छ ।
दुध डेरीहरुमा पनि सरसफाइलाइ बढि ध्यान दिनु पर्ने देखिएको छ । गच्छेमा गरिएको घास खेती तथा ब्यबसायीक भैसी पालन, फुदबांगमा गरिएको बंगुर पालनको पनि अनुगमन गरिएको छ ।
अनुगमनमा स्थानीय बिकास अधिकारी हेमराज भुसाल, प्रहरी नायब उपरिक्षक दिपेन्द्र जिसी , जिल्ला पशु सेबा कार्यलय अर्घाखाँचीका प्रमुख रामनारायण मण्डल लगायतको उपस्थिति रहेको थियो ।