सरकार आगामी मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने तयारीमा

विराटनगर, वैशाख २४ । प्रधानमन्त्री सुशील कोइरालाले आगामी मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने तयारी सरकारले गरेको बताएका छन् । 
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले दलहरुबीच सहमति हुन नसक्दा जेठमा स्थानीय निकाय निर्वाचन गर्ने प्रयास असफल भएको स्वीकारे ।
स्थानीय निकायको चुनाव हुन नसक्दा अर्बैको बजेट भ्रष्टाचार भइरहेकाले निर्वाचन गर्न विलम्ब गर्न नहुनेमा प्रधानमन्त्री कोइरालाले जोड दिए । IMAGEKHABAR