२०७१ बैशाख २५ बिहीवार – देशभरमा थप ७२ वटा नगरपालिका बनाउने घोषणा सरकारले गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको प्रस्ताबमोजिम थप नगरपालिका घोषणा गरेको हो।
योसँगै मुलुकमा एउटा महानगरपालिका र चार वटा उपमहानगरपालिकासहित नगरपालिकाको संख्या १ सय ३० पुगेको छ। हालसम्म ५८ नगरपालिका रहेकोमा मन्त्रिपरिषद बैठकले ७२ वटा नगरपालिकाको संख्या थपेर १ सय ३० पुर्याएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजालले जानकारी दिए।
मनाङ, मुस्ताङ, रुकुम, रोल्पा, जाजरकोट, हुम्ला, कालीकोट, मुगु, रामेछाप, डोल्पा, सोलुखुम्बु, रसुवा र बाजुरा जिल्लामात्र अब नगरपालिकाविहीन हुनेछन्।
Source: SETOPATI