नेकपा माओवादी अर्घाखाँचीको दोस्रो जिल्ला अधिवेशन, जिल्ला सेक्रेटरीद्धारा बहिष्कार एमाओवादीसँग पार्टी एकता गर्ने नेत्रविक्रम चन्दको भनाई

वीरेन्द्र केसी
 
सन्धिखर्क, अर्घाखाँची २०७१ बैशाख २८ आईतावार । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले आफुहरु बन्दुक बोक्ने गरी युद्धमा नगई एमाओवादीसँग पार्टी एकता गर्ने बताएका छन ।
 


 
 


उनले आफुहरुले अगाडी सारेका ६ बुदे मागलाई पुष्पकमल दाहाल र बाबुरामले सहमती जनाए पाटी एकता गर्न आफुहरु तयार रहेको बताए । गिरिजाप्रसाद कोईराला र दाहाल बीच शान्ति सम्झौता गरेर आएका हौ, पाटीको दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, हामी सबैसँग सहमतीबाटै अगाडी बढन चाहन्छौ, माओवादीलाई पेलेर जान खोजे त्यसको प्रतिकार गर्छौ ।
 
उनले आफुहरु बन्दुक र सेना बनाउने पक्षमा नरहेको तर काग्रेस एमालेले दमन गर्न खोजे जनविद्रोह गर्न पछि नपर्ने दावी गदै देशको निकासको लागि गोलमेच सम्मेलनको विकल्प नभएको बताए । उनले माओवादीलाई बाहिर राखेर बनाएको संविधान मान्य नहुने र यदि घोषणा गरे अर्को दिनै च्यातिदिने दावी गरे । उनले अब कम्युनिष्ट एक भएर जानुपर्ने जिकिर गरे ।
दोस्रो जिल्ला अधिवेशन सेक्रेटरी बाबुराम घिमिरेले बहिष्कार गरेका छन । जिल्ला ईन्चार्ज एवं केन्द्रिय सदस्य भेषराज भुसालले आर्थिक अनियमितता गरेको र पाटी भित्र निषेध गर्न खोजेकाले सम्मेलन बहिष्कार गरेको  घिमिरेले बताए । भुसालले आरोप खण्डन गरे । अधिवेशनमा दुई समुहमा माओवादी विभाजन भएको छ ।

अन्य समाचारहरु