नेपाल पत्रकार महासंघ अर्घाखाँचीको सन्धिखर्कमा पत्रकार सम्मेलन: वाइपास गरे समानान्तर शक्ति निर्माण गर्ने बिप्लपको चेताबनी

प्रेमनारायण आचार्य

 

सन्धिखर्क, अर्घाखॉची २७ बैशाख । नेकपा-माओवादीका सचिव नेत्र विक्रम चन्द (बिप्लप) ले आफुहरुलाइ  वाइपास गरेर जान खोजे समानान्तर शक्ति निर्माण गर्ने चेताबनी दिएका छन ।

 



 

सहमति बाटै अगाडी बढ्न चाहेको बताउदै सहमतिको साटो  पेलेर जान खोजे निस्कृय पारिएका समानान्तर शक्ति चाहे सत्ता, चाहे कानुन होला चाहे  प्रशासन, होला त्यो सबैलाइ हामिले बाध्य भएर  सक्रिय बनाउनु पर्ने हुन्छ  बिप्लबपको भनाइ छ  । 

 



 

उनले भने माओबादी बिनाको संबिधान हामिले सोचेका पनि छैनौ । यति भन्दा भन्दै हामिलाइ पेलेर संबिधान जारी गरे त्यो संबिधानलाइ आगो लगाउन्छौ ।


  नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले आइतबार बिहान सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा माओबादी सचिब चन्दले माओवादी शक्तिलाई बाहिर राखेर जान खोजे परिणाम गम्भिर हुने बताए । हामी आफैले बन्दुक र सेना बनाउने पक्षमा अहिले छ्रैनौ, तर, जनताका अधिकार सम्पन्न गराउन नदिने षडयन्त्र भए आफुहरुले जस्तो सुकै बलिदान गर्न तयार रहेको चेतावनी दिए ।

 



 

एमाओवादीको विराटनगरको सम्मेलनले आफना गल्ति स्वाकार गरि दस्तावेज ल्याउनु सकारात्मक रहेको भन्दै साञ्चै व्यवहारमा कार्यन्वयन गर्ने र आफुहरुले अगाडी सारेका ६ बुदे प्रस्ताव स्वार्कार गरे पार्टी एकता पनि सम्भव भएको चन्दको भनाई थियो । आफुहरु सबै कम्युनिष्ट एकताको पक्षमा रहेको भन्दै त्यसमा पनि माओवाद विचार मान्ने संग एकता गर्न कुनै समस्या नरहेको बताए ।

 


 

पत्रकार सम्मेलन पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष सोभाखर पन्थीको अध्यक्षता र सचिब प्रेमनारायण आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु