प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची २९ बैसाख । अर्घाखाँची जिल्लाका ९६.७२ प्रतिशत घरपरिवारले सुरक्षित चर्पी प्रयोग गरेका छन् । ३.२८ प्रतिशत अर्थात १४४९ घरघुरीमा सुरक्षित चर्पी निर्माण भई प्रयोगमा आउन बाँकी रहेको स्थानीय बिकास अधिकारी तथा जिल्ला खाने पानी तथा सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष हेमराज भुसालले बताए ।
वाङ्लामा खुल्ला दिसामुक्त पछि ।
४२ गाविस रहेको अर्घाखाँची जिल्लामा अब १५ गाविसले मात्र खुल्ला दिसामुक्त अवस्था हाशिल गर्न बाँकी छ । जिल्लामा खुल्ला दिसामुक्त अबस्था हाशिल गर्ने गाविसको संख्या २५ पुगेको छ ।
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकले केरुड्डा, पाली, भगवती, खिदिम, मैदान र ढिकुरा गाविसलाई खुल्ला दिसामुक्त अबस्था हाशिल गरेको घोषणा गरे संगै खुल्ला दिसा मुक्त हासिल गर्ने गाविसको सख्या २५ पुगेको हो । त्यसैगरि नरपानी, ढाकावाड्ड गाविसले चर्पी निर्माण कार्य सम्पन्न गरि गुणस्तर अनुगमनका लागि जिल्ला खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समितिमा निवेदन पेश गरिसकेका छन् ।
सन २०१४ मा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य निर्धारण गरेको अर्घाखाँची जिल्लाले असार मसान्त भित्रमा बाँकी रहेका सबै गाविसमा चर्पी निर्माण कार्य सम्पन्न गर्ने गरि लागि पर्नु पर्ने र दशै अगाडी जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने गरि सबै लागि पर्नु पर्ने जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय अर्घाखाँचीका प्रमुख राजेन्द्र न्यौपानेले बताए ।
वाङ्लामा ।
चर्पी बन्दै गरेका १५ गाविस मध्ये सिमलपानीमा ३६६,हंसपुरमा २८३, सिद्धारामा १९७, सन्धिखर्कमा १६२, ठाडामा १५१, वाड्डलामा १०७, अर्घामा ७९ वटा चर्पी निर्माण भई प्रयोगमा ल्याउन बाँकी छ भने अन्य गाविसहरु जलुकेमा ३६, खाँचीकोटमा २१, कीमडाँडामा १४,बलकोटमा १३, सुवर्णखालमा ९,अर्घातोषमा ८ र पोखराथोकमा ३ वटा चर्पी निर्माण भई प्रयोगमा आउन बाँकी रहेका छन् ।
खुल्ला दिसामुक्त घोषणा भएका गाविसहरुमा पूर्ण सरसफाइ सम्बन्धी कार्यक्रम सञ्चालन गरिनु पर्ने, गाविसहरुलाई सरसफाइ समपूरक कोष समयमै उपलब्ध गराउन सके अभियानमा समेत सकारात्मक प्रभाव पर्ने गाविस सचिव हकहित केन्द्रका अध्यक्ष रुकेन्द्र पालुड्डेले बताए ।
२०६९ साउन देखि अर्घाखाँचीमा यू एन ह्याविट्याटद्वारा ग्लोबल स्यानिटेसन फण्ड प्रोग्राम सञ्चालित छ । पहिलो चरणमा ३२ र दोस्रो चरणमा १० गरि जिल्लाकै सबै ४२ गाविसमा सञ्चालित कार्यक्रमको सहजिकरण नेष्ट नेपाल सिसेक अर्घाखाँची, इकार्डस् नेपाल प्राग अर्घाखाँची र लुम्बिनी सामाजिक विकास केन्द्रले गर्दै आईरहेका छन् ।
अर्घाखाँची जिल्लाको नुवाकोट गाबिसको पानडाँडा – सलिनडाँडामा देखिएको एक खरको घर ।