काठमाडौं, वैशाख २९ । संविधानसभाका २६ सभासद मनोनयनलगायत विषयमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका नेताहरुबीच आज छलफल भएपनि कुनै निर्णय हुन सकेन ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकमा संविधानसभामा मन्त्रिपरिषदले मनोनीत गर्ने २६ सभासद, विभिन्न देशमा रिक्त रहेका राजदूतको नियुक्तिलगायत विषयमा छलफल भएपनि सहमति हुन नसकेको हो ।
बैठकमा विगतका सहमति कार्यान्वयन, विभिन्न संवैधानिक निकायका नियुक्ति, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन सम्बन्धमा प्रारम्भिक छलफल भएको नेताहरुले जानकारी दिएका छन् ।
आज प्रारम्भिक छलफल मात्र भएकाले भोलि फेरि बैठक बसेर यी सबै विषय टुंगो लगाइने नेताहरुले बैठकपछि बताएका छन् ।
IMAGEKHABAR