प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अर्घाखाँचीमा, राजनीति दलका कारण परराष्ट्र नीति कमजोर भएको उल्लेख

– वीरेन्द्र केसी

 

सन्धिखर्क, अर्घाखाँची । प्रधानमन्त्री सुशील कोईरालाका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले पछिल्लो समयमा परराष्ट्र नीतिमा केही हदसम्म कमजोर भएको बताएका छन । 

 

 

 

पुर्व राजदुत समेत रहेका भट्टराईले रिपोर्टर्स क्लव अर्घाखाँची शाखाले सन्धिखर्कमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा भने,  राजनीति दल परारष्ट नीतिप्रति विभाजित हुनु, नेपालीबीच लडाउने, आपसमा विभाजन गर्ने समस्याले नीति कमजोर भएको छ । उनले आफनो घर राम्रोसँग स्याहार गरेर राख्न नसक्दा विदेशीले हस्तक्षेप गर्न खाज्नु स्वाभाविकै भएको बताए । आउदो नोभेम्बरमै सार्क सम्मेलन पोखरामा गर्ने तयारी तीव्र रुपमा भैरहेको बताएका छन । उनले १८ औ शिखर सम्मेलन सम्पन्न गर्न सुशील कोईरालाको अध्यक्षतामा गठित समितिले सार्क सम्मेलनलाई ठुलो अवसरको रुपमा लिएको बताए । 

 

यो अन्तिम मौको हो भनेर प्रधानमन्त्री लागिरहनुभएको छ,  संविधान जारी गर्न सकिएन भने जनतासँग गरेको सम्झौता हो, (प्रधानमन्त्री) भन्नुहुन्छ, शंका नगरौ सकारात्मक रुपमा सोचौ, सबैलाई मिलाएर संविधान जारी हुने भटराईले बताए ।

 

 

 

कार्यक्रममा जिल्लामा शान्ति सुरक्षा कायम गर्न र संविधानसभाको निर्वाचन निष्पक्ष बनाउन उल्लेख्य भुमिका निर्वाह गरेको योगदानको चर्चा गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द पंथीलाई क्लवले सम्मान गरेको छ ।

 

क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र उपाध्यक्ष वीरेन्द्र केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा काग्रेस सभापति कमलप्रसाद भुसाल, एमाले सचिव रामबहादुर चौहान, एमाआवादी अध्यक्ष चन्द्रबहादुर खडका, राजमोका सागर केसी, विष्णु मुस्कान, वासुदेव आचार्य नेकपा-माओवादीका कृष्णहरी भुसाल, ईन्द्र गेलन, ठाकुर विक, बुद्धिबहादुर रायमाझी, हुमप्रसाद खनाल, रिषव अधिकारी, रिता केसी, हरिप्रसाद दमासे, माधव पौडेल, नेत्रप्रसाद भुसाल लगायतका वक्तहरुले बोलेका थिए । उनीहरुले सन्धिखर्क नगरपालिकको बारेमा मिश्रित प्रतिक्रिया दिएका थिए । कार्यक्रममा ६५ जना भन्दा बढी सहभागी थिए ।

 

कार्यक्रममा क्लवले प्रकाशन गरेको क्यालेण्डर पनि सार्वजनिकी कराण भटराईले गरेका थिए ।

अन्य समाचारहरु