विराटनगर, वैशाख २९ । विराटनगरमा जण्डिस फैलिएको झण्डै एक महिना हुन लाग्दा स्वास्थ्यमन्त्री खगराज अधिकारी र स्वास्थ्य मन्त्रालयका सचिव प्रवीण मिश्रले आज बल्ल रोगग्रस्त क्षेत्रमा पुगेर जानकारी लिएका छन् । विराटनगरमा जन्डिसका कारण १० जनाले ज्यान गुमाइसकेका छन् भने १ हजार भन्दा बढी बिरामी परेका छन् ।
मन्त्री अधिकारी र सचिव मिश्रले आज कोशी अञ्चल अस्पतालमा पुगेर बिरामीहरुको अवस्थाबारे जानकारी लिएका हुन् । जन्डिसबाट थुप्रै मानिसको ज्यान गइसकेको भएपनि प्रकोप अभैmपनि नियन्त्रण बाहिर नगएको मन्त्री अधिकारीको दाबी थियो ।
जन्डिस नियन्त्रणमा आउने क्रम जारी रहेको र सरकारले रोकथामका लागि सबै निकायलाई परिचालन गरेको दाबी पनि उनले गरे ।
कोशी अचल अस्पतालका वरिष्ठ चिकित्सक डा दीपक सिग्देलले भने जन्डिस संक्रमणको क्रम घटेको भएपनि केही बिरामीहरुको अवस्था गम्भीर रहेकाले सरकारले उनीहरुको उपचारका लागि व्यवस्था मिलाउनु पर्ने बताए ।
गत चैत्रको अन्तिम साताबाट फैलिएको जन्डिसबाट हालसम्म १३ सयभन्दा बढी प्रभावित भइसकेका छन् ।
उता, जन्डिसको प्रकोप नियन्त्रण बाहिर जान थालेको भन्दै मोरङका निजी विद्यालयहरु पाँच दिनका लागि बन्द गरिएको छ । IMAGEKHABAR