खाचिकोट-६ मा पहिलो पटक बस पुग्दा स्थानियबासीहरुमा खुशीको सिमा नै रहेन (तस्बिर सहित)

भालुखोला, अर्घाखाँची, २०७१ बैशाख ३० मंगलवार । अर्घाखाँची जिल्लाको खाचिकोट -६ भालुखोला [हाल सन्धिखर्क नगरपालिका वार्ड न् ९ प्रगतिनगर भालुखोला]मा पहिलो पटक बस पुग्दा स्थानियबासीहरुमा खुशीको सिमा नै रहेन ।
 


 


खाचिकोटमै पहिलो पटक यो वार्डमा बस पुगेको हो । वर्षौ देखिको गाउँलेहरुको मेहनत र परीश्रमले आर्थिक जोह र गाबिसबाट आएको सिमित कनिका छरे जस्तो बजेटको सानो अन्शलाई पूर्ण रुपमा सदुपयोग गर्दै बस सन्चालन गर्न सकेका हुन ।
 


 


यसरी घर मै बस आउन्छ भनेर सपना पनि सोचेको पनि थिएन भनि गर्ब गर्दै ९० वर्षे बयोव्र द्द समाजसेवी गणेश बहादुर थापाले रिवन काटेर बस आउने बाटोको उद्घाटन गरे । यसरी आफ्नै हातले रिवन काटी बस हिंड्ने बाटोको ढोका खोल्छु भनेर यो कुरा उनलाई सपना जस्तो लाग्थ्यो तर अहिले बिपना बनेको छ ।
 


 


यसैगरी बाटो समितिका अध्यक्ष शिव बहादुर के.सी, कोषाध्यक्ष धर्मराज ज्ञवाली, समाजसेवी पूर्व गाबिस अध्यक्ष सिद्दी प्रसाद ज्ञवालीले बाटोमा बस सन्चालन गर्न सकेकोमा खुशी र गर्ब गर्दै भने गरे पछी नहुने केही छैन ।
 


 


सो बसको उद्घाटन समारोहमा समाजसेवी राजनितिक दलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । बाटो स्थानियको श्रमदान र गाबिस स्तरिय कोष गरी जम्मा १ लाख ५० हजारको लागतमा सम्पन्न भ्एको छ् ।
 


 


साथै यसअघि सानो बाटोका कारण साना बाहेक ठुला सवारीसाधन चल्न सकेका थिएनन ।
 


 
   

अन्य समाचारहरु