एकीकृत माओवादीका बाबुराम भट्टराईद्धारा राष्ट्रिय सम्मेलनमा फरक विचारलाई निषेध गरी ब्यक्तिगत मनोमानी बढाईएको आरोप

काठमाडौं, वैशाख ३० । एकीकृत माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले विराटनगरमा हालै भएको राष्ट्रिय सम्मेलनमा फरक विचारलाई निषेध गरी ब्यक्तिगत मनोमानी बढाईएको आरोप लगाएका छन् ।


आफ्ना बुबासहित चीनको तिब्बत भ्रमण पुरा गरेर आज स्वदेश फर्केका भट्टराईले अध्यक्ष प्रचण्डतर्फ लक्षित गर्दै ब्यक्तिगत मनोमानी आफुलाई अस्विकार्य भएको स्पष्ट पारे । उनले एमाओवादीलाई अगाडि बढाउन नयां विचार सहितको नयां नेतृत्व आबश्यक भएकोमा जोड दिए ।


उनले तत्काल महाधिबेशन आयोजना गरी नयां नेतृत्व चयन गर्नुपर्ने बताए । पार्टीमा ब्यक्तिगत मनोमानी अन्त्य गर्न नेकपा माओवादीसंग समेत हातेमालो गर्न सकिने संकेत गरे ।

 

भट्टराईले तिब्बतको मानसरोबर, ल्हासासहितका स्थानको भ्रमण गर्नुका साथै चिनियां नेताहरुसंग राजनीतिक भ्रमण गरेका थिए । IMAGEKHABAR