काठमाण्डौ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर-९, दुबार (पहिलेको खाचिकोट गाबिस वार्ड नम्बर-४ ) की अमृता आचार्य यति बेला खासगरी पश्चिमी दुनियाँका नया पुस्ताका लागि सेलिब्रिटी भएकी छन् ।
उनका पिता डा. गणेश आचार्य नर्वेमा स्त्रि तथा प्रसुति रोग विशेषज्ञको रुपमा काम गर्दै आएका छन। उनले चुत्राबेसीको जनज्योती मावीमा पढेका थिए ।
युक्रेनी मुलकी बरिष्ट आर्किटेक्चर आमा लारिसा आचार्यको कोखबाट २६ बर्ष अघि जन्मिएकी जेठी छोरी अमृताले आफ्नो बाल्यकाल अर्घाखाँची – काठमाण्डौमा बिताएकी थिइन् ।