विराटनगर, काठमाडौं । तीन सातादेखि विराटनगर उपमहानगरपालिकामा फैलिएको जन्डिसबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । जन्डिसबाट १३ जना भन्दा बढी गम्भीर बिरामी भएका छन् । । बिरामीहरुको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
विराटनगरमा उपचार गर्न नसकिएपछि गम्भीर दुई जनालाई थप उपचारका लागि काठमाडौंको वीर अस्पतालमा रिफर गरिएको छ । विराटनगरको तीनपैनी नगरपालिका २ का पंकज बर्मा र पोखरिया नगरपालिका वडा नं ४ की रेखा छलानीको अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको हो । उनीहरुको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।
एक सातादेखि विराटनगरका अस्पतालहरुमा उपचार गराइरहेका उनीहरुलाई विराटनगरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको हो । विराटनगरमा जन्डिसको प्रकोप नियन्त्रणमा नआएपछि जिल्लामा सञ्चालित निजी विद्यालयहरु बन्द भएका छन् ।
तीन साताभन्दा लामो समयदेखि फैलिएको जन्डिस अझै पनि नियन्त्रणमा नआएपछि विराटनगर र आसपासका क्षेत्रमा सञ्चालित निजी विद्यालयहरु हिजोदेखि पाँच दिनका लागि बन्द छ ।
यसैबीच, जन्डिस फैलिएको तीन सातापछि सोमबार (हिजो) स्वास्थ्यमन्त्री खगराज अधिकारी र स्वास्थ्य मन्त्रालयका सचिव प्रवीण मिश्रले रोगग्रस्त क्षेत्रमा पुगेर जानकारी लिएका छन् । प्रकोपबारे पूर्वाञ्चलका १६ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई तयारीमा रहन सरकारले आग्रह गरेको छ ।
ती सबै जिल्लामा जन्डिस पीडितलाई तत्काल उपचार व्यवस्था मिलाउन