युद्ध जिते सरह गर्मीको प्रबाह भएन पालीबासीलाई ( तस्बिर सहित )

– प्रेमनारायण आचार्य

 

पाली, अर्घाखाँची ३१ बैसाख । मध्यान्हको १२ बजेको छ । बैसाखको गर्मि धुप जस्तै छ ।  मानिस मात्र नभएर पशुपन्छी र चराचुरुंगीहरु पनि छहारी र सित्तलको खोजीमा छन । सदाका दिनहरुमा घर भित्रबाटै बाहिर ननिस्कने पालीका बासिन्दाहरु गर्मीको कुनै प्रबाह नगरि पञ्चेबाजाको तालमा मध्यान्हको समयमा नाराबाजी र र्यालीमा हिडीरहेका छन । कति पञ्चेबाजाको साथमा छमछमती नाचिरहेका छन । अनुहारबाट पसिना चुहेको देखिन्छ । तर तिनीहरुलाइ गर्मिले छोएको छैन ।

 


 

मानिसहरु यति उत्साहित छन कि ठुलै युद्ध जितेको अनुभब गर्दाको क्षण जस्तै उमंग , जोस र जागरका साथ गर्मिको वास्ता नगरि र्यालीमा उपस्थित भएका छन । आफ्नो गाविसलाइ खुल्ला दिसामुक्त घोषणा गर्ने कार्यक्रममा गाविसमा रहेका बिद्यार्थी, बालबालिका, युबा युबतीहरु, पौढ , बृद्ध, बृद्धाहरु लगायत शिक्षक कर्मचारी र राजनितिक दलका नेताहरु  उत्साहका साथ उपस्थित  छन । गाविस भित्र रहेका हिन्दु र मुस्लीमहरु एउटै नारा, ब्यानरमा देखिन्थे ।

 


 

पालीबासीको पहिचान पुर्ण सरसफाइ हाम्रो अभियान भन्ने नाराका साथ पालीका बिभिन्न भागको परिक्रमा गरेर र्याली कमला माबिको प्रांगणमा गइ कार्यक्रममा परिणत हुछ । जिल्ला बिकास समितिका स्थानीय बिकास अधिकारी हेमराज भुसालले  सोमबार पाली गाविसलाइ जिल्लाकै २१ औ गाविसको रुपमा खुल्ला दिसामुक्त भएको घोषणा गरे । उपस्थित सबैले तालि बजाएर खुसी प्रकट गरे ।

 

कार्यक्रममा उपस्थित सबै पालीबासीले आफुहरुले चर्पीमा मात्र दिसा पिसाब गर्ने, जोखिमपुर्ण अबस्थामा साबुन पानीले हात धुने , ठोस तथा तरल फोहोर मैलाको उचित ब्यबस्थापन गर्ने र ब्यक्तिगत तथा पारिबारीक सरसफाइमा उचित ध्यान दिने लगायतका प्रतिबद्धता ब्यक्त गरे ।

 



 
गएको बर्ष भदौमा लिएको तथ्यांक अनुसार पाली गाविसमा रहेका एक हजार आठ घरधुरी मध्ये जम्मा एक सय ९२ घरमा मात्र सुरक्षित चर्पी निर्माण भएका थिए । गाविस कार्यलय, राजनितिक दल, संघ सस्था, महिला समुह, आमा समुह, सहकारी , सामुदायीक बन , वडा नागरिक मञ्च लगायतले खुल्ला दिसामुक्त अभियानलाइ तदा रुपताका साथ अघि बढाएपछि सबै सबैका घरमा सुरक्षित चर्पी निर्माण भए गाविस सचिब तथा गाबिस स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष कमल प्रसाद अर्यालले बताए ।

 



 

खुल्ला दिसामुक्त घोषणा सभामा नेपाली काग्रेसका जिल्ला सचिब बासुदेब आचार्य, एमालेका जिल्ला उपाध्यक्ष जीबनारायण कोइराला, एनेकपा माओबादीका राजेन्द्र आचार्य, युएन ह्याबीटाटका जिल्ला संयोजक बिष्णु दवाडी, सरसफाइको क्षेत्रमा काम गरिरहेका सस्थाहरु नेष्ट नेपालका जिल्ला कार्यक्रम संयोजक बिनोद शर्मा, प्रकास सचेतन समुह प्रागका सचिब प्रेमनारायण गैरे, नेपाल पत्रकार महासंघका सचिब प्रेमनारायण आचार्य, पालीका समाजसेबी रमेश खानल , रामप्रसाद घिमिरे, मिनराज आत्रेय लगायतले मन्तब्य राखि पाली गाविस खुल्ला दिसामुक्त घोषणा भएकोमा शुभकामना ब्यक्त गरे ।

 



 

अहिले अर्घाखाँची जिल्लाका ९६.७२ प्रतिशत घरपरिवारले सुरक्षित चर्पी प्रयोग गरेका छन् ।  ३.२८ प्रतिशत अर्थात १४४९ घरघुरीमा सुरक्षित चर्पी निर्माण भई प्रयोगमा आउन बाँकी रहेको स्थानीय बिकास अधिकारी तथा जिल्ला खाने पानी तथा सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष हेमराज भुसालले बताए ।


केन्द्रीय तथ्यांक विभागको २०११ को तथ्यांक अनुसार अनुसार अर्घाखाँची जिल्लामा ३५ प्रतिशत घरधूरीमा पक्की चर्पीको सुविधा थियो भने कच्ची चर्पीसहित ७१ प्रतिशत थियो ।

 



सन २०१४ मा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य निर्धारण गरेको अर्घाखाँची जिल्लाले असार मसान्त भित्रमा बाँकी रहेका सबै गाविसमा चर्पी निर्माण कार्य सम्पन्न गर्ने गरि लागि पर्नु पर्ने र दशै अगाडी जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने गरि सबै लागि पर्नु पर्ने जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय अर्घाखाँचीका प्रमुख राजेन्द्र न्यौपानेले बताए ।

 



२०६९ साउन देखि अर्घाखाँचीमा यू एन ह्याविट्याटद्वारा ग्लोबल स्यानिटेसन फण्ड प्रोग्राम सञ्चालित छ । पहिलो चरणमा ३२ र दोस्रो चरणमा १० गरि जिल्लाकै सबै ४२ गाविसमा सञ्चालित कार्यक्रमको सहजिकरण नेष्ट नेपाल सिसेक अर्घाखाँची, इकार्डस् नेपाल प्राग अर्घाखाँची र लुम्बिनी सामाजिक विकास केन्द्रले गर्दै आईरहेका छन् ।

अन्य समाचारहरु