भगवान गौतम बुद्धको संझना गर्दै २५ सय ५८ औं बुद्ध जयन्ती मनाईदै

काठमाडौं, वैशाख ३१ । भगवान गौतम बुद्धको संझना गर्दै आज २५ सय ५८ औं बुद्ध जयन्ती मनाईदै छ । यस अवसरमा लुम्बिनीसहित देशका विभिन्न भागमा अहिंसा र सदाचारसम्बन्धी प्रवचन र बौद्धसभाहरु हुंदैछन् ।


आजभन्दा २५ सय ५८ वर्ष अगाडि नेपालको लुम्बिनीमा जन्मनुभएका भगवान गौतम बुद्धले मानव जातिलाई शान्ति र सद्भावको बाटो देखाउनु भएको थियो । बुद्ध दर्शनको संसारभर करोडौ अनुयायीहरु छन् ।


आमा मायादेवी र पिता शुद्धोदनका छोरा सिद्धार्थ कठोर तपस्या गरेर ज्ञान प्राप्त गरी भगवान बुद्धको रुपमा संसारभर परिचित बन्नु भएको हो । बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वभरका वौद्ध धर्मावलम्बीको केन्द्र बनाउने प्रयासले अझै मुर्तरुप लिन सकेको छैन् ।


बुद्ध जयन्तीको अवसरमा काठमाडौको बौद्धस्थित गूरु ल्हाखाङ गुम्बामा बुद्धको अस्थी धातु प्रदर्शन गरिने भएको छ । लामो पहलपछि श्रीलंकाबाट ल्याईएको सो अस्थित धातु सो गुम्बामा हरेक बर्ष प्रदर्शन गरिने भएको छ । IAMGECHANNEL