वैशाख ३० । इराकको राजधानी बग्दादमा गराइएका श्रृंखलाबद्ध कार बम विस्फोटमा कम्तिमा २५ जनाको मृत्यु भएको छ भने ८० जना भन्दा बढी घाइते भएका छन् ।
बग्दादबाट केही किलोमिटर पूर्वमा सिया समुदायको बाहुल्यता रहेको क्षेत्रमा विस्फोटक पदार्थले भरिएको सातवटा कार प्रवेश गरी विस्फोट गराएको बीबीसीले जनाएको छ ।
विस्फोटमा सुन्नी समुदायको हात रहेको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे छानबिन थालिएको इराकका सुरक्षा अधिकारीहरुले जनाएका छन् । AGENCIES