एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले केन्द्रीय समितिमा नफर्कने

एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले केन्द्रीय समितिमा आफू नफर्कने दोहोर्‍याएका छन्। 
बिराटनगरमा राष्ट्रिय सम्मेलनवाट केन्द्रीय समिति बहिस्कार गरी स-परिवार तिर्थाटनमा तिब्बत हानिएका भट्टराईले पहिलो पटक अध्यक्ष पुष्पकमल दाहाललाई बुधबार भेटेर आफू केन्द्रीय समितिमा नफर्कने दोहोर्‍याएका हुन्।
 
अध्यक्ष दाहालको पार्टी रुपान्तरणमा जोड गरिरहेका भट्टराईले त्यसको भरपर्दो आधार पेश गर्न अध्यक्षसामु माग गरेका छन्। उनले नोकरशाही, एकमनावादी संगठनको शैली बदलेर नयाँ परिवेश अनुसारको संगठनको निमार्ण गरेर पार्टीलाई पुनंसंरचना गर्न जरुरी रहेको बताए।
 
भट्टराईले संविधान लेखनवाट पार्टी दायाँवायाँ लाग्न नहुने पनि अध्यक्षलाई सुझाएका थिए । अध्यक्ष दाहाललाई संविधानसभावाटै संविधान निमार्ण गरेर समाजवादी क्रान्तिको कार्यभार पुरा गर्नु पर्ने बताए। SETOPATI