संयुक्त राष्ट्रसंघका सहायक महासचिव हाओलियाङ झु चार दिने भ्रमणका क्रममा काठमाडौंमा

काठमाडौं । संयुक्त राष्ट्रसंघका सहायक महासचिव हाओलियाङ झु चार दिने भ्रमणका क्रममा बुधबार काठमाडौं आइपुगेका छन् ।
गतवर्षको सेप्टेम्बरमा पदबहाली गरेपछि उनी पहिलोपटक नेपाल भ्रमणमा आएका हुन् । 
विकास कार्यक्रमका सहायक प्रशासक तथा एसिया-प्रशान्त क्षेत्रीय ब्युरोका निर्देशक समेत रहेका झुले प्रधानमन्त्री, सभामुख, अर्थमन्त्री, प्रमुख निर्वाचन आयुक्त, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको राष्ट्रसंघीय कार्यालयले जनाएको छ ।
सहायक महासचिव झुले बिहीबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पोखरेलसँग संयुक्तरुपमा नेपाल मानव विकास प्रतिवेदन २०१४ सार्वजनिक गर्नुछन् । उक्त प्रतिवेदन क्षेत्रीय असमानता कम गर्ने र मानवीय सम्भाव्यता उजागर गर्ने विषयमा केन्दि्रत छ । रासस