चार वटा निर्वाचन क्षेत्रमा आगामी असार ८ गते गरिने उपनिर्वाचनका लागि कार्यक्रम सार्वजनिक

काठमाडौं, जेष्ठ १ । चार वटा निर्वाचन क्षेत्रमा आगामी असार ८ गते गरिने उपनिर्वाचनका लागि कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन आयोगद्वारा प्रकाशित कार्यतालिका अनुसार जेठ ११ गते उम्मेद्वारले मनोनयनपत्र दर्ता गर्नुपर्ने छ । त्यसरी दर्ता गरिएको उम्मेदवारको सूची जेठ १२ गते प्रकाशित गरिनेछ भने १३ गते उम्मेद्वारविरुद्ध उजुरी दिन पाइने छ ।
१४ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय दिने, १५ गते नामावली प्रकाशन गर्ने र १६ गते उम्मेद्वारले आफ्नो नाम फिर्ता लिने समय तोकिएको छ । जेठ १७ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने छ भने १८ गते उम्मेद्वारहरुले चुनाव चिह्न पाउने छन् । असार ८ गते विहान ७ बजेदेखि बेलुका पाँच बजेसम्म मतदान हुनेछ ।
गएको मंसिर ४ गते गरिएको संविधान सभामा निर्वाचनमा चार जना नेता दुई-दुई स्थानबाट विजयी भएका थिए ती नेताहरुले छाडेका एक/एक स्थानमा असार ८ गते उपनिर्वाचन गरिन लागेको हो ।
निर्वाचन हुन लागेको क्षेत्रमा कांग्रेस सभापति एवं वर्तमान प्रधानमन्त्री सुशील कोइरालाले छाडेको चितवन-४, कांग्रेस नेता शेरबहादुृर देउवाले छाडेको कैलाली-६ एमाले नेता माधव नेपालले छाडेको काठमाडौं-२ र एमाले नेता वामदेव गौतमले छाडेको बर्दिया-१ छन् ।
– IMAGEKHABAR