जेष्ठ १ । उत्तरी नाइजेरियाको तीन गाउँका स्थानीयवासीसँग झडप हुँदा मुस्लिम अतिवादी बोकोहरामका २ सय लडाकू मारिएका छन् ।
बोर्नो राज्यको काला-बाल्जा गाउँमा आक्रमण गर्न पुगेका अतिवादीविरुद्ध एकजुट भएका गाउँलेको प्रतिकार उनीहरु मारिएको प्रत्यक्षदर्शीले बताएको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
केही हप्ता पहिले त्यही नजिकै अर्को गाउँमा बोकोहरामको आक्रमणमा तीन सय व्यक्ति मारिएपछि स्थानीयले प्रतिकार समूह बनाएका थिए ।
गाउँलेले अतिवादी समूहको तीन कार र एक सैन्य वाहनपनि आफ्नो नियन्त्रणमा लिएका छन् ।
अर्कातिर एक सैनिक जवानले उसको कमाण्डरविरुद्ध आक्रमण गरेको खबर आएको छ । आफ्ना साथीलाई एम्बुसमा पारेर मारेको आरोपमा ती जवानले आक्रमण गरेको बताइएको छ । AGENCIES