एकीकृत माओवादीभित्र नेताहरुबीच आरोप प्रत्यारोप चलिरहेको बेला दाहाल र भट्टराईबीच छलफल, केन्द्रीय समितिमा नफर्कने भट्टराईको अडान यथावत

काठमाडौं, वैशाख ३१ । एकीकृत माओवादीभित्र नेताहरुबीच आरोप प्रत्यारोप चलिरहेको बेला अध्यक्ष पुष्पकमल दाहाल र नेता डा. बाबुराम भट्टराईबीच आज छलफल भएको छ । 
लाजिम्पाटस्थित दाहाल निवासमा भएको छलफलमा दाहालले भट्टराइलाई केन्द्रीय समितिमा फर्कन आग्रह गरेका बताइएको छ ।
जवाफमा भट्टराईले आफ्ना एजेण्डाको सम्बोधन नभएसम्म केन्द्रीय समितिमा नफर्कने अडान दोहोर्‍याएका थिए । दुई नेताबीच भोलि पुनः छलफल हुने बताइएको छ । IMAGEKHABAR