गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची । अनेरास्ववियुको स्थापना दिवशको अवसरमा अनेरास्ववियु अर्घाखाँचीली विहिवार जिल्ला अपस्ताल अर्घाखॉचीमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।
अपस्तालमा रहेका करिव ५० जना विरामीलाई नेकपा एमालेका जिल्ला कमिटीका उपसचिव प्रेम नारायण गैरे, जिल्ला अपस्ताल अर्घाखॉचीका प्रमुख जगनान्थ तिवारीले सयुक्त रुपमा फलफुल वितरण गरेका थिए ।
विद्यार्थी आन्दोलनमा महत्वपुर्ण भुमिका निर्वाह गरेको संगठनको स्थापना दिवशले विद्यार्थी आन्दोलनमा थप प्रभावकारी भुभिका निर्वाह गरोस भनि कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका थिए । यसरी मन्तव्य राख्नेमा उपसचिव गैरे, प्रमुख तिवारी, जिल्ला अध्यक्ष् भरत न्यौपाने लगाएताका थिए ।