साउन सम्म अर्घाखाँची खुल्ला दिशा मुक्त हुने

गणेश खनाल

 

सन्धिखर्क, अर्घाखाँची । जिल्ला खानेपानी सरसफाई समन्वयन समिती अर्घाखाँचीको आयोजनामा सन्धिर्खकमा २ दिन सम्म चलेको सरसफाई च्याम्पियन तालिम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी हेमराज भुसालले साउन सम्ममा जिल्ला खुल्ला दिशा मुक्त हुने बताएका छन् ।

 


वाङ्लामा खुल्ला दिसामुक्त पछि ।

 

जिल्लामा ९७ प्रतिसत काम भई सकेकाले साउनमा घोषण सभा राख्ने सम्भावना निकै रहेको बताएका हुन् ।

 

प्रागका अध्यक्ष बाबुराम शर्माको अध्यक्षता सचिव प्रेमनारायण गैरेको संञ्चालनमा सम्पन्न कार्याक्रममा युनहविट जिल्ला संयोजक विष्णु दवाडी, विनोद शर्मा, गोपाल घिमिरे, कृष्णा जिसी, सहभागीको तर्फबाट खड्क भुसाल,हेमराज भुसाल लगाएता थिए ।

अन्य समाचारहरु